दफा ९१
निर्जीवन बीमाको दाबी फस्यौंट
(१) बीमा गरिएकी जोखिमको कारणले बीमा गरिएको वस्तुमा क्षति भएको खण्डमा बीमालेखमा उल्लेख भएकोमा सोही बमोजिम र अन्यको हकमा यथासम्भव छिटो वा क्षतिको प्रमाण नष्ट हुनुअगावै वा निरन्तर क्षति भइरहेको अवस्था भएमा/सम्भव भएसम्म त्यसरी क्षति भइरहेको अवधिभित्रै बीमितले बीमकलाई टेलिफोन, एसएमएस, इमेल, फ्याक्स, लिखित पत्र वा अन्य कुनै भौतिक वा विद्युतीय माध्यमबाट खबर वा जानकारी गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम क्षतिको खबर वा जानकारी प्राप्त गरेपछि दाबी सहजीकरण गर्न र बीमितलाई सहयोग गर्न बीमकले तुरुन्त कर्मचारी वा प्रतिनिधि खटाउनु पर्नेछ।
(३) बीमकले बीमितसँग दाबी फाराम सहित आवश्यक कागजात एकमुष्ठ माग गर्नु पर्नेछ।
(४) (उपनियम (१) बमोजिम बीमा दाबीको सूचना वा जानकारी प्राप्त भएपछि बीमक आफैँले क्षति मूल्याड्रन गर्ने अवस्था बाहेक बढीमा सात दिनभित्र सर्भेयरलाई खटाई सोको जानकारी बीमितलाई समेत दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम खटिएको सर्भेयरले आवश्यक जाँचबुझ गरी निर्जीवन बीमाको किसिम अनुसार दायित्व निर्धारण गरी नियम ५२ बमोजिमको अवधिभित्र विस्तृत विवरण सहितको प्रतिवेदन बीमक समक्ष पेस गर्नु पर्नेछ र बीमालेखको शर्त र सुविधाको अधीनमा रही बीमितले पाउने रकम उल्लेख गरी सोको जानकारी बीमितलाई दिनु पर्नेछ।
(६) सर्भेयरले बीमा गरिएको वस्तुको _क्षति र सर्भे स्थल स्पष्ट रूपमा देखिने गरी विभिन्न कोणबाट खिचेको फोटो तथा भिडियो क्षति मूल्याङ्कन प्रतिवेदनसँग संलग्न गर्नु पर्नेछ।
(७) उपनियम (५) बमोजिम सर्भेयरले प्रतिवेदन पेस गरेको सात दिनभित्र बीमकले दाबी /फस्यौंट गर्नु पर्नेछ र दाबी भुक्तानी गर्नु नपर्ने भएमा कारण सहित सोही अवधिभित्र दाबीकर्तालाई लिखित जानकारी दिनु पर्नेछ।
(८) उपनियम (७) बमोजिमको जानकारी बीमितले बुझी लिएको सुनिश्चित गरी सोको प्रमाण बीमकले सुरक्षित राख्नु पर्नेछ।
(९) उपनियम (४) बमोजिम खटिएको सर्भेयरले गरेको काम उपयुक्त नदेखिई अर्को सर्भेयर खटाउनु पर्ने भएमा बीमकले सोको स्पष्ट आधार र कारण खुलाई अर्को सर्भेयर खटाउन सक्नेछ।